• असार १०, २०७६
  • जुनकिरी खबर

हर कोणबाट भिम पौडेलको जित सुनिश्चित !

alt

भीम पौडेल चिनिएका व्यवसायी हुन् । तर, उनको व्याक्तिगत चिनजान आम व्यवशायीसँग चुनावअगाडिसम्म ‘फेस टु फेस’को अवस्थामा थिएन । अहिले आक्रामक चुनावी प्रचारले पनि उनलाई चिन्नेको सङ्ख्या ह्वात्तै बढाएको छ । 

प्रचारमा पौडेल प्यानल बलियो छ । चाहे सबै उम्मेद्वारको व्यक्तिगत प्रचार सामग्री होस् वा विभिन्न आम सञ्चार र सामाजिक सञ्जालमा होस्, पौडेल प्यानलको प्रचार बलियो देखिएको छ । कतिसम्म भने केही मिडियाहरूमा भीम पौडेलले जित्न सक्ने आधार भन्दै पनि प्रचार भएका छन् । ६ हजार ५ मतदाता भएको चुनावमा केही व्यक्ति, केही विश्लेषण र केही अनुमानले मात्रै फलानोले जित्छ भन्न सकिन्नँ । पौडेल प्यानल भने जितिहालेको जस्तो प्रचार गर्न सफल भएको छ । त्यो पनि आम सञ्चार मार्फत् । 

यत्तिमात्रै होइन, सङ्गठित प्रचारमा पनि पौडेल प्यानल आक्रामक देखिएको छ । अध्यक्षबाहेकका अन्य उम्मेद्वारहरूका निजी भोटरसँग मिहिनेतपूर्वक भोट माग्ने काममा सक्रियता पौडेल प्यानलको छ । यस्तैगरी, भीम पौडेलले नेकपा निकट तथा बिष्ट प्यानलका व्यवसायीहरूसँगै पनि व्यापारिक साझेदार गरेको र त्यो मत आउन सक्नेसम्मका चुनावी चर्चा गर्न पौडेल प्यानल सफल छ । 

पौडेल पक्षको अर्को बलियो पक्ष भनेको सेलिब्रेटी महिला उम्मेद्वार हुन् । चाहे व्यावसायिक चुनावमा आउनु अगाडि नै इटहरीमा सार्वजनिक छवि बनाइसकेकी शोभा कोइराला (सविना) हुन् वा यसअगाडि एक छापे मत बदर भएको कारणले प्राविधिक रूपमा चुनाव जित्न असफल गायत्री भण्डारी (कट्वाल) हुन् ।

दुवै सेलिब्रेटी उम्मेदवारको व्यक्तिगत पपुलारिटीले पौडेल प्यानललाई केही फाइदा हुन सक्छ । अध्यक्ष र महिला सदस्यमा समान मतदाता हुने भएकाले यो पपुलारिटीले केही फाइदा गर्न सक्छ । 

यस्तैगरी, लोकतान्त्रिक प्यानल नाम दिइएको पौडेल प्यानलको पक्षमा इटहरी काङ्ग्रेसको सक्रियता नेकपाको भन्दा बढी देखिन्छ । यो कोणमा पौडेल प्यानल बलियो देखिन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]