• कार्तिक २८, २०७६
  • जुनकिरी खबर

इटहरीको सडक बिस्तार ८२ कायम नभए कडा कदम चाल्ने नेकपाको चेतावनी

alt

भारत र चीन जोड्ने जोगवनी किमाथाङ्का सडक विस्तारमा एक रुपता कायम हुनुपर्ने नेकपा सुनसरीले बताएको छ ।

लामो समय विवादित आएको कारण उक्त सडकको निर्माण कार्य रोकिएको थियो । तर केही समय अघि सर्व पक्षिय बैठकबाट उक्त सडकको निर्माण कार्य पुन अगाडि बढाउने सहमती पश्चात् हाल उक्त सडकको निर्माण कार्य अघि बढाइएको छ । उक्त सडकको निर्माण कार्य पुन अगाडि बढाईरहदा बुधबार देखि पुन विवादित बन्दै आएको छ । निर्माण कार्य अगाडि बढाईरहदा सुनसरीको इटहरी स्थित आर्मी क्याम्प देखि तरहरा सम्म ८२.५ फुटको सडक विस्तार गरे पनि आर्मी क्याम्प देखि इटहरी चौक आसपासका क्षेत्रमा ६२ फुटको मात्र सडक विस्तार गरेको भन्दै इटहरीका एक युवाले इटहरी चौकमा रहेको गोर्खा डिपार्टमेन्टमा तोडफोडको प्रयास गरे सगै उक्त सडकको वास्तविकता बाहिर आएको छ ।

सडक निर्माणमा विवाद आए पछि अब उक्त सडक निर्माणको कार्य के होला भन्ने विषय ताजा रहदै नेकपा सुनसरीले हाल ६२ फुटमा सडक विस्तार गर्दै आएको विषयमा एक विज्ञप्ती सम्प्रेषण गरेको छ । नेकपा सुनसरीका अध्यक्ष बहादुर सिंह (ज्वाला) र सचिव काशिनाथ दंगालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ नेकपा सुनसरीले विगतमा बसेको सर्वपक्षिय बैठकमै उक्त सडक सबै तिर समान रुपमा लैजानु पर्ने बताउदै आएको छ ।

विज्ञप्तिमा भनिएको छ आयोजना अगाडि बढाउने क्रममा जिल्ला सुनसरी इटहरी स्थित आर्मी क्याम्प देखि तरहरा सम्म ८२.५ फुट नै कायम भएता पनि आर्मी क्याम्प देखि इटहरी चौक आसपासका क्षेत्रहरुमा ८२.५ फुट भन्दा ज्यादै कम चौडा बनाई सडक विस्तार गर्ने कार्य भएको भनी विभिन्न सञ्चार माध्यममा आएको हुदा सम्बन्धित निकायलाई फरक फरक चौडाईको सडक निर्माण नगर्न साथै भईरहेको सडक विस्तार अविलम्ब सञ्चाई पुन सडक विस्तार गर्न ध्यानाकर्षण गराउन चाहान्छौ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]