• कार्तिक ३०, २०७६
  • जुनकिरी खबर

धनकुटामा जमिन र घर नै चिराचिरा परेपछि त्रसित जनजीवन

alt

साँगुरीगढी गाँउपालिका–५ तुङ्खाका बासिन्दा यतिबेला त्रासमा छन् । गाउँका ठाउँ ठाउँमा अचानक पानीको मुल फुटेर जमिननै चिरा चिरा पर्न थालेपछि उनीहरुको चिन्ता चुलिएको हो ।

सामान्यतया पानीको मुल बर्खामा मात्र फुट्ने गर्छ । तर धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर पाँच तुङ्खामा अचानक पानीको मुल फुटेर जमिन नै चिराचिरा पर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

गत कात्तिक ३ गते स्थानीय आषमाया याख्खाको बारीमा बिस्फोटको आवाजसहित पानीको मुल फुट्यो । जसका कारण जग्गामा धाँजा फाट्नुको साथै घर समेत चर्कियो । केहि दिन पछि पानी बन्द भयो ।

तर कात्तिकको दोस्रो साता पुन पानी आउन थाल्यो र जमिन चिरा चिरा हुन पुग्यो । याख्खासहित अन्य केही स्थानीयको घर चर्किएको छ भने एक दर्जन भन्दा बढिको खेतबारीमा धाँजा फाटेको छ ।

तीन वर्ष अघि माघ महिनामा पनि सो स्थानमा यस्तै घटना घटेको स्थानीय बताउँछन् । यहाँ पानी सुरुमा धेरै प्रेसरले निस्कने, पानीसँगै लेदो निस्कने र त्यो पानी गन्हाउने गरेको स्थानीय सुक्रराज लिम्बु बताउँछन् ।

मुल फुटेको ठाँउवाट लेदो सहितको पानी निस्किए पनि त्यहाँ भन्दा करिब ३ सय मिटर वरपरका अन्य पुराना मुलबाट भने सङ्ंलो पानी आउने गरेको छ । गाँउमा घटेको सो अनौठो घटनाका कारण अहिले सो क्षेत्रमा त्रास उत्पन्न भएको छ ।

सोहि घटनाका कारण गाँउमा बस्न समस्या भएको स्थानीय सुरेन्द्र याख्खाको भनाइ छ । उनीहरुले सो स्थानमा सुरक्षित महसुस गर्न नसकेको भन्दै बिज्ञ सहितको टोली आएर अध्ययन अनुसन्धान गनुपर्र्ने माग गरेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]