• मंसिर १, २०७६
  • जुनकिरी खबर

ऋण खोजेर वन लगानी कार्यक्रम

alt

सरकारले वन लगानी कार्यक्रम (एफआईपी) का दातृ निकायबाट झन्डै पौने ५ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको छ । वन तथा वातावरण मन्त्रालयले विश्व बैंक र युरोपेली इन्भेस्टेमेन्ट बैंकसँग ऋण लिन प्रस्ताव तयार पार्दै छ । ‘रेड कार्यान्वयन केन्द्र’ मार्फत आधा दर्जन परामर्शदाता प्रस्ताव लेखनमा व्यस्त छन् ।

वन विज्ञहरू भने कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालले उल्लेख्य सहयोग पुर्‍याइरहेकाले वन विनाश र क्षयीकरण रोक्न ऋण नभई अनुदान रकमका लागि ‘लबिइङ’ गर्नुपर्ने तर्क गर्छन् । सरकारले दुई वर्षअघि ‘रूपान्तरण र समृद्धिका लागि वनमा लगानी’ शीर्षक तयार गरी एफआईपीको योजना अघि बढाएको थियो ।

यसलाई कार्यान्वयन गर्न ११ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खर्च हुने आकलन थियो । केन्द्रले आठ वर्षका लागि ५ वटा लगानी परियोजना सञ्चालन गर्ने गरी योजना तर्जुमा गरेको थियो ।
केन्द्रका प्रमुख बुद्धिसागर पौडेलका अनुसार स्थानीय, प्रदेश र संघबाट आएका सुझावका आधारमा वन लगानी योजना तय गरिएको थियो । एफआईपीले वन क्षेत्रको सुशासनमा रूपान्तरण ल्याउने र वनमा निर्भर रहेका विपन्न समुदायको क्षमता विकास गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]