• मंसिर २, २०७६
  • जुनकिरी खबर

धरानको होटल तथा रेष्टुरेष्ट राती ९ बजेसम्म मात्र खोल्न पाउने

alt

मंसिर १४ गतेको उपनिर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म धरान क्षेत्रको होटल तथा रेष्टुरेष्टहरु राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज आइतबार भएको सर्वदलीय बैठकमा सुरक्षाको कारण राती ९ बजेसम्म मात्र होटल तथा रेष्टुरेष्ट खुला गर्ने सहमति तथा निर्णय भएको हो । सुरक्षा निकायले हिजोआज विभिन्न दलहरुले चुनावी घरदैलो अभियान सकेर कार्यकर्ताहरुलाई होटल तथा रेष्टुरेष्टमा लैजाने गरेको र झगडाको संख्या वृद्धि हुन थालेकोले राती ९ बजेसम्म मात्र होटल तथा रेष्टुरेष्ट खोल्न प्रस्ताव गरेको थियो । सुरक्षा निकायको प्रस्तावमा राजनीतिक दलहरुले सहमति जनाएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार सोमबारदेखि यो निर्णय लागु हुनेछ । जसअनुसार अहिले राती ११ बजेसम्म खुला रहने धरानको होटल तथा रेष्टुरेष्टहरु अब राती ९ बजे नै बन्द गर्नुपर्नेछ । ‘सर्वदलीय छलफलमा यो सहमति भएको हो, निर्वाचनको अन्तिम मतपरिणाम नआउदासम्म लागु हुन्छ,’डिएसपी न्यौपानेले भने । छलफलमा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेती, सुनसरीका प्रजिअ राजेश पौडेल, एसपी यज्ञविनोद पोखेलले पनि सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिताको बिषयमा राजनीति दलका उम्मेदवार तथा प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]