• मंसिर ३, २०७६
  • जुनकिरी खबर

इटहरी उपमहानगरले माग्यो ६ लेन सडक आयोजनाको कागजात

alt

त्रिदेशीय जोड्ने निर्माणाधिन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजना सँग सम्पूर्ण कागजात माग गरेको छ । फरक मापदण्ड चौतफीै विरोध हुन थाले सँगै इटहरी उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो ।

मापदण्डको विषय विवाद धेरै बढेको भन्दै डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नु पर्ने कारण माग गरेको हो । साथै खरिद सम्झौता लगायतका कागजात उपलब्ध गराउन मा गदै इटहरीका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले आयोजनालाई पत्राचार गरेको हो ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम सहितको टोलीले सोमबार ६ लेन सडकको अनुगमन गरेका थिए । मापदण्ड मनपरी भएको भन्दै उपमहानगरपालिकामा ध्यानआर्कषण भए सँगै यस विषयमा अनुगमन गरेको उपमेयर गौतमले बताईन । अहिले ब्यापक रुपमा ६ लेन सडक विस्तारको विरोध भए सँगै उपमहानगरपालिकाले कागजात माग गरेको बताईन ।

सडक विभागले ८२ फुट सडक निर्माण गर्ने भनिएको भएपनि इटहरीको मुख्य चौक आसपासमा ६५फिट मात्र सडक चौडा गरिएको भन्दै मनपरी मापदण्ड रोक्न माग गरेको हो । भेदभाव रहित समान मापदण्डको सडक निमार्णको निम्ति संर्घर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । समितिका संयोजक मदन चुडालले बाटो विस्तारमा निश्पक्ष हुनु पर्ने माग गरे ।

 सोही समितिले आईतबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई भेटेर इटहरी तरहरा क्षेत्रमा समान मापदण्डमा सडक विस्तार गर्ने माग गरे सँगै उपमहानगरपालिकाले सडकको विषयमा चासो देखाएको हो । साथै ६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर कायम रहने गरी सर्भिस लेन सहितको व्यवस्था संघर्ष समितिले मिलाउन माग गदै आएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]