• मंसिर ३, २०७६
  • जुनकिरी खबर

इटहरी ६ लेन सडक विवाद : ६५ फिट कायम गर्न यसरी गरिएको थियो सहमति

alt

जनप्रतिनिधि–व्यापारी तथा आयोजना प्रमुख बैठक बसेरै इटहरी चोकको राजमार्ग साँघुरो बनाउन निर्णय गरेको फेला परेको छ । गत कात्र्तिकमा गरिएको एउटा माइन्युट बाहिरिएपछि समान सडक निर्माणका लागि संघर्ष गरिरहेको समितिको आरोप पुष्टि भएको हो ।

समितिले रानी–बिराटनगर–धरान सडक आयोजनाअन्तर्गत हाल इटहरीमा बनिरहेको सडक इटहरी चोकमा साँघुरो बनिरहेको आरोप लगाउँदै आएको थियो । तर आयोजनाका इन्जिनियरहरुले भने समान सडक बनिरहेको दावी गरेका थिए ।

इटहरी चोकदेखि तरहरासम्म ५० मिटर सडक बनाउने डिजाइन बनेकोमा गत कात्र्तिक १७ गते जनप्रतिनिधि, व्यापारीहरुसमेतको बैठकले भने इटहरी चोकदेखि आर्मी क्याम्पसम्मको सडक ४० मिटर मात्र चौडा बनाउने निर्णय गरेको भेटिएको हो । बैठकको सुझाव नं। १ मा लेखिएको छ, ‘इटहरी चौकदेखि आर्मी पृतनासम्म जम्मा ६५ फिट भित्र बाटो, नाला, कायम गरी निर्माण कार्यलाई तीव्रता दिने ।’ सडकको बिचको सिमाबाट ६५ फिट दुवैतर्फको कुल नाप ४० मिटर हुन्छ ।

यसैगरी सुझावको ३ नं. मा लेखिएको छ, ‘आर्मी पृतनादेखि हलगडासम्म हाल भइरहेको स्वीकृत डिजाइनअनुसार बाटो निर्माण कार्यलाई तीव्रता दिने ।’

यो बुँदाले भने डिजाइनमा भएको ५० मिटरकै नापको सडक बनाउने भन्ने आशय व्यक्त गर्छ ।

सुझावको पाँचौ बुँदामा साथी फ्युलदेखि राधाकृष्ण मन्दिरसम्म १५ मिटर बाटो कायम हुने गरी निर्माण कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

यसैगरी इटहरी उपमहानगरपालिका उपप्रमुख, प्राबिधिक, आयोजनाका प्राबिधिक साइट इन्जिनयर, नागरिक समाज र संघर्ष समितिका प्रतिनिधिको सहभागितामा सोमबार गरिएको नापजाँचमासमेत सडक साँघुरो रहेको समितिका संयोजक मदन चुँडालले जानकारी दिए ।

इटहरी चोक उत्तर नालासहित २० मिटर, आर्मी क्याम्पबाट हलगडा चोकसम्म नालासहित ४३ मिटर सडक निर्माण भइरहेको पाइएको छ । बरगाछि चोकमा ५० मिटर, तरहरा चोकमा ४० मिटर र तरहराचोक उत्तर भने फेरी ५० मिटर सडक कायम गरिएको पाइएको छ ।

यस्तै २५/२५ मिटर खाली गर्न सडक बिभागले सुचना प्रकाशन गरेपछी मुआब्जा माग गरि हालिएको रिटसमेत खारेज भएको संघर्ष समितिका होमनाथ धमलाले जानकारी दिए । राजमार्ग छेउ घर बनाउनेहरुले मुआबजा माग गर्दै रिट हालेकोमा खारेज भएको हो । केन्द्रबाट २५÷२५ मिटर सडकको भुभाग भएकाले मुआब्जा लिन पाइन्न भनी ७६ साल कात्र्तिक ५ गते रिट खारेज गरेकोछ ।

संघर्ष समितिले ६ लेन सडक कालोपत्रे, नाला, फुटपाथ सहितको भएको र इस्टिमेट, डिजाइनअनुसार कालोपत्रे नाला र फुटपाथ सहितको बन्नुपर्ने माग गरेको छ ।

 

2

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]