• मंसिर ४, २०७६
  • जुनकिरी खबर

सुनसरीको सिमा स्तम्भ खोजी गर्न सशस्त्र प्रहरीले बनायो टिम

alt

भारतले नेपाली भुमी समेटेर प्रकाशित गरेको राजनीतिक नक्साको कारण अहिले सिमा विवाद चर्किरहेका छ । यही समयमा सुनसरीका सीमा स्तम्भको बारेपनि सशस्त्र प्रहरीले खोजीमा चासो देखाएको छ ।

अहिले सुनसरी र भारतबीच रहेको भण्टाबारी नाकामा पनि हराएका सीमा स्तम्भ सशस्त्र प्रहरीले खोज्न सुरुवात गरेको हो । यहाँको कोशी गाउँपालिका क्षेत्रमा मात्र ४९ वटा सीमा स्तम्भ रहेको भएपनि अहिले २६ वटा स्तम्भ मात्र सुरक्षित रहेको शशस्त्र प्रहरी बल भण्टाबारीका इन्सपेक्टर प्रेमसिंह बिष्टले जानकारी दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘२३ वटा सीमा स्तम्भ हराएका छन्, हामी गस्तीमा रहेका छौँ ।’

भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अवस्थाको बारेमा अनुगमन गर्दा भारतले सीमा स्तम्भ मिचेको नभई अन्य अवस्थामै स्तम्भ हराएको उनले टेलिफोन सम्पर्कमा जानकारी दिए । उनले भने,‘हामीले केहीदिन अगाडिबाट फलोअप गर्दा भारतले अतिक्रमण गरेको नभई विभिन्न समयमा आएको बाढीका कारण सीमा स्तम्भ हराएको पाईयो ।’ सुनसरीको कोशी गाउँपालिकामा पर्ने ४९ वटा सीमाको सुरक्षा गर्ने जिम्मा शशस्त्र प्रहरी बल भण्टाबारीको रहेको बुझिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]