• मंसिर ४, २०७६
  • जुनकिरी खबर

मनमोहन पोलिटेक्निक कलेजलाई प्राविधिक विश्वविद्यालय बनाउने तयारी

alt

मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तिमुडास्थित रहेको मनमोहन स्मृति पोलिटेक्निक कलेजलाई प्राविधिक विश्वविद्यालयअन्तर्गत ल्याउने तयारी भएको छ ।

प्रदेश सरकारले ल्याएको विधेयक अनुसार गत बजेट अधिवेशनबाटै पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउने निर्णय पारित गरिएको हो ।

संखुवासभामा सोमबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंसिर ६ गते पोलिटेक्निकलाई विश्वविद्यालयलाई हस्तान्तरण गरिने बताएका छन् ।

नेपाल सरकारको ६० प्रतिशत बढी अनुदान सहयोगमा सञ्चालन गरिएको पोलिटेक्निक कलेजलाई विश्वविद्यालयको स्वरूपमा रूपान्तरण गर्ने तयारी सुरु भर्ईरहेको छ । विश्वविद्यालय ऐनको दफा ५२ को उपदफा (३) को (१) मा हस्तान्तरणको सम्झौता विश्वविद्यालयको सहकुलपति र पोलिटेक्निकका तर्फबाट कार्यकारिणी समितिका अध्यक्षले गर्ने व्यवस्था उल्लेख भएको छ ।

विश्वविद्यालयको सहकुलपति प्रदेशको शिक्षासम्बन्धी कार्य हेर्ने मन्त्री हुने ऐनको दफा २७ मा व्यवस्था रहेको छ । मनमोहन प्राविधिक विश्वविद्यालय ऐनको दफा ५२ मा विश्वविद्यालय र मनमोहन स्मृति पोलिटेक्निकबीच सम्झौता गरी सोहीबमोजिम पोलिटेक्निकले आफ्नो चल, अचल सम्पत्ति र दायित्व विश्वविद्यालयलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]