• मंसिर ५, २०७६
  • जुनकिरी खबर

देश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु

alt

प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ।  

ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर विमानस्थलबाटै मंसिर तेस्रो सातादेखि सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप, सीता एयर र माउण्टेन हेलिकप्टर कम्पनीबीच सहमति भएको छ। 

ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठले माग धेरै आएका कारण धार्मिक तीर्थस्थलसँगै हिमालय क्षेत्रको दृश्यावलोकनका लागि पर्वतीय उडान भर्ने गरी हवाई सेवा सुरु गर्न लागिएको बताए। 

विराटनगरबाट जहाजमा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथिभरा मन्दिर दर्शनका लागि तीर्थयात्रीलाई लैजाने योजना रहेको श्रेष्ठले बताए। उनका अनुसार त्यस अघि नै माउण्टेन हेलिकप्टर सुकेटार विमानस्थलमा लगेर राखिने छ। 

सुकेटारबाट पाथिभरासम्मको हेलिकप्टर उडान ७ मिनेटको हुने जानकारी उनले दिए। ‘त्योबाहेक धरानबाटै सिधै हेलिकप्टमामा पाथिभरा उडान भर्ने योजना पनि छ’, उनले भने, ‘हलेसी महादेवको दर्शन गर्न जान चाहने भक्तजनहरूलाई पनि धरानबाटै हेलिकप्टरमा लैजान सकिन्छ।’

जहाजमा जान चाहनेलाई लामीडाँडा विमानस्थलसम्म जहाजमा लैजाने योजना छ। त्यसपछि गाडीमा लगेर हलेसीको दर्शन गरेर फर्किएपछि जहाजमै विराटनगर ल्याइने श्रेष्ठले बताए। जहाजबाट पर्वतीय उडान पनि भर्ने योजना छ। हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ। ६ जनाको क्षमता भएको हेलिकप्टरले उच्च क्षेत्रमा उडान गर्नु पर्ने भएकाले ५ जना मात्रै यात्रु बोक्ने श्रेष्ठको भनाइ छ। 

भ्रमण वर्ष २०२० लाई समेत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुरु गरिएको हवाई सेवाले मद्दत गर्ने पर्यटन व्यवसायीको बुझाई छ।   

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]