• मंसिर ६, २०७६
  • जुनकिरी खबर

सिरहाका मालपोत प्रमुख पाँच लाख घुससहित रंगेहात समातिए

alt

भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । शुक्रबार बिहान सेवाग्राहीबाट घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत विराटनगरले प्रमाण मागेपछि एकजना पीडित मालपोत कार्यालयमा पुगेका थिए ।

त्यससम्बन्धी कागजात दिन मालपोत प्रमुख मण्डलले आनाकानी गर्दै घुस मागेको अख्तियारमा उजुरी परेको थियो । त्यसपछि उनी अख्तियारको निगरानीमा परेका थिए ।

महोत्तरीको बर्दिबासस्थित अख्तियार कार्यालयको टोलीले सेवाग्राहीलाई पाँच लाख रकम दिएर मण्डललाई दिन पठाएको थियो ।

रकमसहित पच्छ्याउँदै सिरहा गएको अख्तिायरको टोलीले निमित्त प्रमुख मण्डललाई कार्यकक्षबाटै सो रकमसहित पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान गरी मुद्दा दायर गर्न काठमाडौं पठाउने अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]