नेकपाले पनि आफ्नो स्थान गुम्न नदिन घरदैलो कार्यक्रम जारी राखेको छ । नेकपाका उम्मेदवार प्रकाश राईले पछिल्ला दुई वर्षमा आएका आयोजना र भएका कामको फेहरिस्त लिएर मैदानमा उत्रिएका छन् । केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धर्म निरौला, किरणकुमार राई धरानमै छन् ।
मंसिर ११ गते भानुचोकमा हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका संयोजक रमेश बस्नेतले जानकारी दिए । अघिल्लो निर्वाचनमा साबिक नेकपा एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । त्यस्तै, साबिक माओवादी केन्द्रले ११ हजार १८० मत ल्याएको थियो । आगामी मंसिर १४ को धरानको उपनिर्वाचनमा मतदाता संख्या ९२ हजार ८५३ छ । ०७४ असार १४ को स्थानीय तहको चुनावको भन्दा यो १३ हजार ५५६ बढी हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved