• मंसिर ७, २०७६
  • जुनकिरी खबर

महिला बचतको पकली संकलन केन्द्रको उद्घाटन

alt

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संकलन केन्द्र सञ्चालनमा ल्याउने कार्यलाई तिब्रता दिन थालेको छ । पछिल्लो समयमा इटहरी उपमहानगरपालिका वडा नम्बर १६,१७ र १८ मा रहेका शेयर सदस्यहरुलाई लक्षित गरी पकलीमा संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

सहकारीले पकलीमा सञ्चालनमा ल्याएको संकलन केन्द्रको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । संकलन केन्द्र उद्घाटनको अवसर पारेर निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिविरमा सो क्षेत्रका सर्वसाधारणले सेवा लिएका थिए । अमृता सुब्बा अध्यक्ष रहेको महिला बचत तथा ऋण सहकारीले यस अघि इटहरीकाे पुराण चौक , खनार , तरहरा र मुख्य चौक क्षेत्रमा संकलन केन्द्र सञ्चालनमा ल्याइसकेको छ । अधिक महिला सदस्य रहेको सो सहकारीमा सात हजार बढी सदस्यहरु रहेको जानकारी गराइयो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]