• मंसिर ८, २०७६
  • जुनकिरी खबर

प्रदेश १ का ६ लेन र ४ लेनका सडक निर्माण भद्रगोल

alt

प्रदेश १ मा गौरवको आयोजनामध्ये ६ लेन र ४ लेनका सडक निर्माण सुरु भएको वर्षौं भए पनि पुरा हुने छाँटकाँट छैन। ४९ किलोमिटरको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक र झापाको बिर्तामोड–भद्रपुर चार लेनको सडक पनि भद्रगोल छ। वर्षेनी ४ लाख पर्यटक हिड्ने ताप्लेजुङको सुकेटार पाथीभरा सडक पनि वर्षौंदेखि अलपत्र अवस्थामा छ।

रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ६ वर्ष भइसक्यो। सडक धुलाम्मे छ। कतै निर्माण भइरहेको छ। कतै निर्माण भए पनि भत्कन थालेको छ। कालोपत्रे एक लेवलमा छैन। बनेका सडकको एक लेन पार्किङले भरिन थालेको छ। सडक कहिले निर्माण सम्पन्न हुने हो टुँगो छैन।

निर्माण कार्यमा भइरहेको ढिलाइ, समस्या र डीपीआर तयार गर्दा भएका गल्तीका कारण निर्माण कार्य अघि बढाउन समस्या भएको ठेकेदारको तर्क छ। प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएको छैन। नागरिक दबाब परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरुभएको लामो समयसम्म सडक भद्रगोल बनेको हो।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत विराटनगरको रानीदेखि धरानसम्मको सडक बन्न लागेको हो। सो आयोजनाअन्तर्गत ढल्के–जनकपुर, पथलैया–वीरगञ्ज, बुटबल–बेलहिया, कोहलपुर–नेपालगञ्ज र अतरिया–धनगढी पनि ६ लेन सडक निर्माण थालिएको हो। सबैतिर काम भइरहे पनि निर्माण कार्य सुस्त छ। रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारको काम ०६९/७० बाट सुरु भएको हो।

पहिलो ठेक्का विराटनगरको बरगाछीदेखि दूध फारमसम्म लगाइएको थियो। तीन वर्षमा सडक बनाइसक्नु पर्नेमा सडक नाला र फुटपाथको काम अझै सकिएको छैन।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]