• मंसिर १०, २०७६
  • जुनकिरी खबर

धरान उपनिर्वाचन : १६० सशस्त्र, ७९० जनपथ प्रहरी र सेना परिचालन गरियो

alt

 

 मंसिर १४मा उपनिर्वाचनको सुरक्षाका लागि धरान उपमहानगरपालिकामा सेना परिचालन गरिएको छ। इटहरीको नम्बर १ राजदल गण  र मोरङको याङ्शिलास्थित कालिशक्ती गणबाट निर्वाचन सुरक्षाका लागि यहाँ सेना परिचालन गरिएको हो। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र बृहत् जनवादी जनगणतान्त्रिक मोर्चाले यहाँ हुने उपनिर्वाचन बहिस्कार गर्ने घोषना गरेपछि धरानको शान्ति सुरक्षा मजबुत बनाउन सोमबारदेखि धरानका २०वटै वडामा सेना परिचालन गरिएको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले धरानमा हुन लागेको उपनिर्वाचन सफल बनाउनका लागि आवश्यकता अनुसार सेना, १६० सशस्त्र प्रहरी र ७९० जना जनपथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। 

धरानमा रिक्त रहेको उपमहानगरपालिकाको मेयर र वडा-७को अध्यक्ष पदको निर्वाचन सफल बनाउनका लागि सेनाले धरानको पाहाडी क्षेत्र ठिंगावारी, विष्णुपादुका, हर्दिया, क्षेत्रमा समेत गस्ती सुरु गरेको छ। निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्नका लागि निर्वाचन अवधिभर सेना लगायतका सुरक्षाकर्मीहरु परिचालन गरी मतदाताहरुलाई पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिएको प्रजिअ पौडेलले बताएका छन्।

 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]