• मंसिर १०, २०७६
  • जुनकिरी खबर

धरानबाट प्रेसर कुकरसहित विप्लवका कार्यकर्ता पक्राउ

alt

धरानको उपनिवाचनलाई लक्षित गर्दै अवान्छित गतिविधिमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई धरान प्रहरीले सोमबार साँझ धरान–१५ निराजन बस्तीबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट विप्लवद्वारा हस्ताक्षरित पर्चा पम्प्लेटसहित २ दशलमव ५ लिटरको नयाँ कुकुर, १० थान मोबाइल, १२ थान सीमकार्ड, एक लाख रुपैयाँभन्दा बढी रकम र २ थान मोटरसाइकलसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अधिकांस सङ्खुवासभा सिलिचौङ–३ का छन् । धरान–८ का दुई जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार सङ्खुवासभा सिलिचौङ–३ ताप्लीका दीपेन्द्र राई, प्र्रवीन राई, उदीप रसाइली, उमेश राई, पदम राई, महेन्द्र राई र सोही ठाउँ घर भई धरान–८ बरगाछी बस्दै आएका सुवास राई छन् । त्यस्तै धरान–८ का संजेस राई र रमेश भनिने कुमार ढकाल छन् । ढकाललाई भानुचौकबाट नियन्त्रणमा लिइएको थियो भने अन्यलाई निराजन बस्तीबाट नियन्त्रणमा लिइएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]