• मंसिर १०, २०७६
  • जुनकिरी खबर

बराहक्षेत्रमा तिरुपति बालाजी दिव्य धाम निर्माण कार्य सुरु

alt

इटहरी । भारतको आन्द्र प्रदेसमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरुपमै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित धार्मिक नगरी सुनसरीको बराहक्षेत्रमा तिरुपति बालाजी दिव्य धाम निर्माण कार्य सुरु भएको छ ।

बराहक्षेत्र नगरपालिका २ पुनर्वासमा रहेको बेंकटेश रामानुज सत्संग मन्दिर रहेको क्षेत्रमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित तिरुपति बालाजी दिव्य धाम निर्माण कार्य सुरु गरिएको हो ।

भारतमा रहेको तिरुपति बालाजी मन्दिरकै कला तथा शैलीमा मन्दिर निर्माण गरिने साथै नेपाली कलाले भरीपुर्ण आधुनिक सुविधायुक्त ४० कोठे आश्रम , विद्यालय , पार्कीगं, योगशाला, जडबुटी प्रशोधन गर्ने स्थल समेत दिव्य घाममा समेट्ने गरी काम भई रहेको तिरुपति बालाजी दिव्यधाम निर्माण समितिका अध्यक्ष स्वामी हरिप्रपन्नाचार्यले जानकारी दिए । २० करोडको लागत लाग्ने अनुमान सहित निर्माण कार्य सुरु भएको दिव्यधाम निर्माण सम्पन्न आगामी पाँच वर्ष भित्रमा सक्ने समेत लक्ष्य राखिएको उनले वताए ।

दिव्यधाम निर्माण कार्यमा सहयोग जुटाउन अस्ट्रेलिया ,अमेरिका ,क्यानडा ,बेलायतमा समेत उपसमिति बनाइए दाताहरुबाट सहयोग जुटाउने काम समेत भईरहेको जनाइएको छ । प्राचिन हरिद्धारका नामले परिचित सुनसरीको चतरा क्षेत्रमा निर्माण गरिने तिरुपति बालाजी दिव्यधाम निर्माण कार्य परियोजना तयार पारेर पहिलो चरणमा मन्दिर निर्माण कार्य सुरु गरिएको समितिका महासचिव चेतप्रसाद बरालले वताए । पवित्र दिव्यधाम निर्माण कार्यमा दाताहरुको सहयोगले गर्दा पाँच वर्ष अघिनै निर्माण सम्पन्न हुने महासचिव बरालले विश्वास लिएका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]