• मंसिर ११, २०७६
  • जुनकिरी खबर

विराटनगरमा बस बिसौनी र ट्राफिक आइल्याण्ड धमाधम निर्माण हुँदै

alt

प्रदेश १ को राजधानी विराटनगरमा सेडसहितको बस बिसौनी र ट्राफिक आइल्याण्ड निर्माण धमाधम भइरहेका छन् । पहिलो चरणमा पुष्पलाल चौक र कोशी राजमार्गअन्तर्गत भृकुटी चौकमा बस बिसौनी निर्माण भइरहेका छन् । दुवै स्थानमा निर्माण लगभग अन्तिम चरणमा पुगेको जनाइएको छ ।

विराटनगर महानगरपालिकासँग सम्झौता गरेर आकृति एड्भरटाइजिङ कम्पनीले काम गरिरहेको हो । विराटनगर भरी आकृतिले २७ वटा बस बिसौनी र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । 

सबै स्थानमा निर्माण सम्पन्न गर्दै ३७ वटा बस बिसौनी र आइल्याण्ड हस्तान्तरण गरेपछि कम्पनीले प्रत्येक स्थानबाट वार्षिक ३० हजार रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्ने उनको भनाइ छ । 

सबै सञ्चालनमा आइसकेपछि विराटनगर महानगरलाई बस बिसौनी र ट्राफिक आइल्याण्डबाट वार्षिक ११ लाख १० हजार रुपैयाँ आम्दानी हुनेछ । 'महानगरले कम्पनीलाई ठाउँ उपलब्ध गराएको हो, 'अधिकारीले भने, 'कम्पनीले त्यसवापत राजस्व तिर्नुपर्ने भएकाले महानगरलाई आम्दानी हुने छ ।' 

बस बिसौनीमा यात्रुबहाक बस रोक्ने, यात्रु चढाउने र ओरार्ने काम हुने छ । त्यसलाई यात्रुले प्रतीक्षालय र रिफ्रेसमेन्ट सेन्टरका रुपमा पनि उपयोग गर्न सक्नेछन् । त्यहाँ विद्युत, मोबाइल चार्जिङ र बस्न सक्ने सुविधा उपलब्ध हुने छ । महानगरपालिकामा बढ्दो ट्राफिक जामको समस्या समाधान गर्न महेन्द्र चौकदेखि भृकुटी चौकसम्म चार स्थानमा तत्काल आइल्याण्ड बनाइनुपर्ने अवस्था रहेको महानगरले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]