• मंसिर १५, २०७६
  • जुनकिरी खबर

पाथीभरामा लाखभन्दा बढी तीर्थयात्री

alt

३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरामा बैशाखयता १ लाख ६ हजार ६ सय १३ जना तीर्थयात्री पुगेका छन । पाथीभरा क्षेत्रको माथिल्लो फेदी अस्थायी प्रहरी चौकिका अनुसार सबैभन्दा बढी कात्तिकमा गएका हुन् ।प्रहरी इन्चार्ज धनराज तुम्वापा लिम्वूले कात्तिक महिनामा ४४ हजार २ सय ३७ जनाले दर्शन गरेको बताए ।

उनका अनुसार वैशाखमा १८ हजार ९ सय २५, जेठमा १४ हजार ३ सय ५६, असारमा ३ हजार ३१, साउनमा ७ सय ७५, भदौमा २ हजार ७६ र असोजमा २३ हजार २ सय २३ जना पाथिभरा गएका छन् ।

सामान्यतया साउनमा देवीदेवता गुफा बस्ने भएकाले दर्शन गर्न हुन्न भन्ने मान्यता रहे पनि दर्शनार्थी पुगेका छन् । पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा परिषरमा शिवलिंग ल्याएर राखिएकाले तिर्थयात्री साउनमा पनि आएका हुन् । सबैभन्दा धेरै फागुन र चैतमा आउने गरेका छन । गत वर्ष चैत १३ गते एकै दिन १३ हजारले दर्शन गरेका थिए । त्यसपछि कार्तिक ५ गते एकै दिन ८ हजार २ सय ९६ जनाले दर्शन गरे । असोजमा सबैभन्दा बढी २५ गते ६ हजार २ सय जना पुगेका थिए ।


धनराजका अनुसार अधिकांश दर्शनार्थी समूहमा आउँछन् । एक्लै आउने आक्कलझुक्कल मात्र हुन्छन् । समूहमा आउनेको एक जनाको नाम लेखेर संख्या खुलाइन्छ । बेलुका बास बस्ने र राती १२ बजेदेखि नै फेदीबाट उकालो चढ्नेहरू हुने भएकाले विवरण टिप्न रातभरि पनि प्रहरी तैनाथ राखिने लिम्वूले बताए । चैत मसान्तसम्मै विवरण राख्ने र बार्षिक यकिन तथ्यांक निकाल्ने प्रहरीको योजना छ । पाथीभरामा वार्षिक तीन लाखसम्म दर्शनार्थी आउने पाथीभरा क्षेत्र विकास र संरक्षण समितिको आँकलन छ ।


यहाँ आउने सबैभन्दा बढी झापाका हुन्छन् । त्यसपछि मोरङ, सुनसरी र सिक्किमका छन् । काठमाडौंसहित पश्चिम नेपालबाट पनि पुग्छन् । विदेशमा सबैभन्दा बढी सिक्किम र मनिपूर क्षेत्रबाट आउँछन् ।
हिउँदमा सुक्खायाम भएकाले भीड कम हुन्छ । लालीगुराँससमेत फुल्ने भएकाले चैत–वैशाखमा धेरै पुग्छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]