• मंसिर १५, २०७६
  • जुनकिरी खबर

धरानमा नेकपालाई धक्का, पाँच वडाको गणना सकिदा कांग्रेस ७ सयले अगाडी

alt

धरान उप-महानगरपालिकाको प्रमुख पदको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राईले आफ्नो अग्रता कायमै राखेका छन । २० वटा वडा रहेको धरानमा वडा नम्बर १४ र १६ देखि वडा नम्बर २० सम्मको मतगणना सम्पन्न हुँदा काँग्रेस उम्मेदवार राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई ७४५ मतले पछि पारेका छन ।

नेपाली काँग्रेसका उम्मेदवार तिलक राईले ७९१५ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले ७१७० मत प्राप्त गरेका छन । यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेले जितेका वडामा समेत काँग्रेसले अग्रता बनाएको छ । अहिले धरानको वडा नम्बर १५ को मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म वडा नं २०, १९, १८, १७ र १६ वडाको मतगणना सम्पन्न भइसकेको छ ।अहिलेसम्म मतगणना सकिएको वडाहरुमध्ये २०७४ को स्थानीयतह निर्वाचनमा १८ वडा मात्र कांग्रेसले जितेको वडा हो । अहिलेको मतपरिणाम अनुसार नेकपाको गढमा कांग्रेसले अग्रता लिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]