• मंसिर १६, २०७६
  • जुनकिरी खबर

९ अर्ब रुपैयाँ कम राजश्व संकलन

alt

ठूला करदाता कार्यालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा ९ अर्ब रुपैयाँ कम राजश्व संकलन गरेको छ ।

साउनदेखि कात्र्तिक मसान्तसम्म ४७ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३८ अर्ब रुपैयाँ संकलन भएको हो । यद्यपी, गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १४ दशमलव २९ प्रतिशत बढी कर संकलन भएको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा २ खर्ब ३४ अर्ब रुपैयाँ कर संकलन गर्ने लक्ष्य ठूला करदाता कार्यलयलाई दिएको छ । जसमध्ये कार्तिक मसान्त सम्म ३८ अर्ब रुपैयाँ कर संकलन गरेको छ ।

पहिलो चैमासिक अवधिको लक्ष्यभन्दा ९ अर्ब रुपैयाँले कम संकलन भएपनि गत आर्थिक वर्ष २०७५÷०७६ को सोही अवधिमा भन्दा ५ अर्ब रुपैयाँले बढी कर संकलन भएको छ ।

पहिलो चैमासिक अवधिमा आयाकर तर्फ १५ अर्ब रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको तुलनामा ९० दशमलव ५ प्रतिशत संकलन भएको छ । यो वार्षिक लक्ष्यको १० दशमलव ४१ प्रतिशत हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]