• मंसिर १६, २०७६
  • जुनकिरी खबर

धरानमा कांग्रेसको ऐतिहासिक जित

alt

मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले धरानमा कांग्रेसले ऐतिहासिक जित दर्ता गराउदै लालकिल्ला तोडेको छ । कांग्रेसका उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउदै लालकिल्ला तोडेका हुन् ।

कांग्रेसबाट विजयी राईले २६ हजार ७ सय ९ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । मंसिर १४ को निर्वाचनमा कुल ५४ हजार ८ सय ४८ मत खसेको थियो । धरानमा ९२ हजार ८ सय ५३ मतदाता थिए ।

वडा नं ७ को अध्यक्षमा भने नेकपाका जीवनराज सुवेदी विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार सुवर्णमोहन पलिखेलाई मात्र १ मतले हराए । वडाअध्यक्षमा विजयी सुवेदीले ६२१ मत पाए भने उनका प्रत्यासी उम्मेदवार पलिखेले ६२० मत पाए । कांग्रेसले वडा ७ को अध्यक्ष पदको नतिजामा असन्तुष्टी जनाउदै पुनःगणनाको माग गरेपनि सहमति जुटेपछि नेकपाका अध्यक्ष विजयी घोषणा गरिएको थियो । विजयी दुवै उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सपथ ग्रहण गराएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]