• मंसिर १७, २०७६
  • जुनकिरी खबर

इन्धनको मूल्य २ रुपैयाँ बढ्यो

alt

नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतिय आयल कर्पोरेसन(आइओसी)ले पठाएको नयाँ मूल्य सूचि अनुसार इन्धनको मुल्य बढेको जनाउँदै निगमले यहाँपनि मूल्य बढाएको हो ।

‘नयाँ खरिद मूल्यमा केही बढेकाले सोमबार राती १२ बजेदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएका छौं,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने। नयाँ मूल्य सूचि अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मटितेलको ९७ रुपैयाँ तोकिएको छ।

निगमका अनुसार आइओसीले खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा पनि मूल्य बढेको सूचि पठाएको छ। तर, एलपी ग्याँस र हवाई इन्धनको हकमा मूल्य यथावत राखेको प्रवत्ता गोइतले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]