• मंसिर १७, २०७६
  • जुनकिरी खबर

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारले केन्द्रमा सिफारिस गर्ने

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताएका छन् । बालागुरु षडानन्दको १८५ औं जन्मजयन्ती तथा षडानन्द बहुउद्देश्यीय धर्मशाला शिलान्यास गर्न षडानन्द नगरपालिकाको दिङ्ला आएका राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखेका हुन् ।

मुख्यमन्त्री राईले षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारको निर्णयबाट केन्द्र पठाउने बताएका छन्। भने, 'बालागुरू षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ, तर ढिला भइररहेको छ, प्रदेश १ सरकारको क्याविनेटबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाइनेछ ।'

प्रदेश सरकारको १३ लाख लागतमा बन्ने षडानन्द बहुद्देश्यीय धर्मशालाको शिलान्यास गरे । धर्मशालाले बालागुरू षडानन्द अधिकारीको योगदानलाई कदर गर्न सहयोग पुग्ने मुख्यमन्त्री राईको भनाई थियो।

राणा शासनकालमा षडानन्दले विद्यालय स्थापना गरेर शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनले भने, 'बालागुरू षडानन्दको योगदानलाई कदर गर्नुपर्छ। उहाँको योगदानको सम्मान स्वरुप धर्मशाला बनाउन लागेका हौं।'

दास प्रथा, सतिप्रथा, छुवाछुत प्रथालगायत प्रथाविरुद्धमा षडानन्दले आवाज उठाई समाज रुपान्तरणमा ठूलो योगदान पुर्‍याएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]