• मंसिर १८, २०७६
  • जुनकिरी खबर

उदयपुरका जनप्रतिनिधि भ्रमण वर्षको निम्तो बढ्ने अभियानमा

alt

 पर्यटन वर्षलाई सार्थक बनाउन उदयपुरको उदयपुरगढी गाउँपालिकाले जिल्लामै पहिलोपटक अभियान सुरु गरेको छ। प्रदेश १ का पर्यटन प्रवद्र्धन समितिका सदस्य तथा स्थानीय बोधकुमार घिमिरेको नेतृत्वमा चार दिनअघि सबै स्थानीय तहका प्रमुख, उपप्रमुखलाई भेटी भ्रमणका लागि औपचारिक निम्तो दिएको हो।

पर्यटकीय क्षेत्रको नक्सा, ब्यानर, प्रचार सामग्री र पर्यटकीय क्षेत्र समेटिएका किताब लिएर निम्तो बाँड्दै हिँडेको टोली नेता घिमिरेले बताए। सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेसँगै गाउँपालिकाको टोली जिल्लाका ८ वटा स्थानीय तहमा पुगी पर्यटकीय क्षेत्र उदयपुरगढीको अवलोकन गरिदिन आग्रह गरेको टोलीका अर्का सदस्य दीपक रोकाले बताए।

नेपाली झण्डा मोटरसाइकलमा बाँधेर हिँडेको २ दर्जनको संख्यामा रहेको टोलीले सोमबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, अन्य सदस्य, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, वडाध्यक्षलाई भेटेरै निम्तो दिए।

टोलीले कटारी नगरपालिकाको बेतेनीडाँडा हुँदै ताप्लीगाउँपालिका, लिम्चुङबुङ, रौतामाई गाउँपालिका, त्रियुगा नपा, चौदण्डीगढी नपा र बेलका नपा छोएर बग्ने सुनकोसीमा सञ्चालित मोटरबोटबाट बराहक्षेत्र मन्दिरको दर्शन र मैनाराजा मैनी रानीले राज गरेको स्थल मैनामैनी पुग्ने कार्यक्रम रहेको टोलीमा संलग्न स्थानीय पत्रकार होमबहादुर बस्नेतले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]