• मंसिर १९, २०७६
  • जुनकिरी खबर

घूस रकमसहित असई पक्राउ

alt

तरकारी व्यापारीसँग घूस लिँदै गर्दा विराटनगरमा बुधबार प्रहरीका एक असई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इकाई इटहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत श्यामकुमार दाहाललाई घाँसचोकमा एक तरकारी व्यापारीसँग सात हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीले विराटनगरको सीआरभी पोस्ट केसलियामार्गमा उनको नेतृत्वमा ११ जना प्रहरीलाई खटाएको थियो । अख्तियार इटहरीका डीएसपी श्यामकुमार मगरको नेतृत्वमा आएका टोलीलाई असई दाहाललाई पक्राउ गरेको हो ।


अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले सुनसरीबाट विराटनगर ल्याउने भारतीय तरकारी जाँच नगर्ने सर्तमा तरकारी व्यापारीसँग अवैध रकम असुल्ने क्रममा पक्राउ गरिएको बताए । दाहालले घूस रकम मागेपछि व्यापारीले अख्तियारमा उजुरी गरेका थिए । दाहाल दुई महिनाअघि इलामबाट जिल्ला प्रहरी मोरङमा आएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]