• मंसिर १९, २०७६
  • जुनकिरी खबर

बुढासुब्बा गोल्डकप तोकिएको मितिमा नहुने

alt

बिहिबारदेखि हुने भनिएको २२ आंै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता तोकिएको मितिमा नहुने भएको छ ।

मंसिर १९ गतेदेखि २८ गतेसम्म आयोजना मिति तय भएको प्रतियोगिता उक्त मितिमा नहुने आयोजक धरान फुटबल क्लबले प्रष्ट पारेको छ । तर, अब कहिले हुन्छ ? यसको जवाफ स्वयम् आयोजकसँग पनि छैन । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक क्लबका अध्यक्ष किसोर राईले नेपालमा आयोजना भइरहेको १३ औं साग खेलकुदसँगै धरानको उपनिर्वाचन र सहिद स्मारक लिगको कारण तोकिएको मितिमा आयोजना गर्न नसकिएको बताए । उनले भने,‘साग खेलकुद भइरहेको छ । धरानमा मंसिर १४ को निर्वाचनले पनि सबै त्यसमा लाग्यौं, फेरि मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक लिग हुने भएको छ । त्यसैले मंसिर १९ गतेदेखि हुने भएको गोल्डकप पछि सार्नुपर्ने भयो ।’

अध्यक्ष राईले एन्फालाई पत्राचार गरेर अर्को खेलतालिका तय गरेर पठाइदिन आग्रह गरिएको पनि बताए । यही मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक लिग हुने भएकोले अब फागुन ५ गते यता गोल्डकप आयोजना हुन नसक्ने पनि उनले बताए । ‘गोल्डकपको अर्को मिति चाडै पठाइदिनुस् भनेर एन्फालाई पत्र पठाएका छौं,’उनले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]