• मंसिर २०, २०७६
  • जुनकिरी खबर

सातै प्रदेशका सभामुखको भेला पोखरामा

alt

संघीय कानून नबन्दा प्रदेशमा समस्या आउने गरेको सातै प्रदेशका सभामुखहरुले गुनासो गरेका छन् । प्रदेश सभा सचिवालय गण्डकी प्रदेशले पोखरामा शुक्रबार आयोजना गरेको अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा संघीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनुपर्नेमा प्रदेशका सभामुखहरुले जोड दिएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीयता नेपालका लागि नयाँ प्रयोग भएको भन्दै अभ्यासबाट धेरै सिक्दै अघि बढिएको बताए ।

नयाँ संरचना अनुसार संविधानको कार्यान्वयन गर्दै परम्परागत मूल्य–मान्यताबाट अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले संघीयताको कार्यान्वयनमा देखिएका जटिलता समाधान गरी अघि बढ्नुपर्ने बताउँदै तीनवटै तहको समन्वयबाट मात्रै यसको प्रभावकारिता कायम हुने बताए ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संघीयताको कार्यान्वयनका दृष्टिले नेपाल परीक्षण कालमा नै रहेको भन्दै यो व्यवस्था परम्परागत लोकतान्त्रिक व्यवस्था भन्दा पनि समावेशी, समानुपातिक प्रतिनिधित्व सहितको संघीय व्यवस्था भएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]