• जेठ १, २०७६
  • जुनकिरी खबर

अमरगढी नगर क्षेत्रको अधिकांश खानेपानीमा ‘कोलिफर्म’ भेटियो

alt

डडेल्धुरा / डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाका विभिन्न खानेपानीका योजनाहरूको पानीमा दिसामा हुने किटाणु (कोलिफर्म) भेटिएको छ।

अमरगढी स्वास्थ्य शाखाका अनुसार अमरगढी नगरपालिकाभित्र रहेका १० खानेपानी आयोजनाबाट धारामा आउने अधिकांश ठाउँको पानीमा ‘कोलिफर्म’को मात्रा अत्यधिक रहेको भेटिएको हो।

सबैभन्दा बढी अमरगढी नगरपालिका–१० मा रहेको स्याउले खानेपानी योजनामा मात्रै १०० युनिट माथि र मुसे खानेपानी योजनाको पानी ८२ युनिट कोलिर्फम रहेको देखाएको छ भने सबैभन्दा कम सदरमुकामको खलङ्गा खानेपानी उपभोक्तता समितिद्वारा संचालित खानेपानी योजनाको एक युनिट मात्र पानीमा रहेको खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघिय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रशाद पौडेलले जानकारी दिए।

उनका अनुसार यहाँको पानी परिक्षणका लागि खानेपानी विभागद्वारा संचालित प्रदेशस्तरीय संघिय खानेपानी प्रयोगशाला धनगढीमा पठाइएको थियो। त्यहाँ परिक्षण गर्दा पानीमा कोलिफर्म भेटिएको हो। घटाल खानेपानी योजना, दुधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना, उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा ‘कोलिफर्म’ भएपनि पिउन योग्य भएको तर उमालेर पिउन उच्चम हुने स्वास्थ्य शाखा सह–संयोजक विष्टले दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]