• असार १७, २०७६
  • जुनकिरी खबर

समाजवादी–राजपा नेपाल एकीकरण छलफल सुरु

alt

काठमाडौं।समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) बीच एकीकरणका लागि छलफल सुरु भएको छ । दुबै दल एकीकरणका लागि सहमत भएको र छलफल सकारात्मक रहेको पनि जनाइएको छ । गत २३ वैशाखमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएको थियो ।

वैकल्पिक शक्ति निर्माणका लागि समाजवादी र राजपा नेपाल एकीकरण विषयमा सहमत भएका छन् । एकीकरणअघि सिद्धान्त, विचारलगायतका विषयमा छलफल गर्न दुबै पार्टीका शीर्षनेता जुटेका छन् ।

समाजवादी पार्टी महासचिव एवं वार्ताटोली सदस्य रामसहाय यादवले नयाँ शक्ति र फोरम नेपालबीच एकिकरणस“गै राजपास“ग पनि एकीकरण गरी वैकल्पिक शक्ति निर्माण गरिने बताए । समाजवादीले सिद्धान्त र विचार मिल्ने पार्टीस“ग एकीकरण गर्दै मुलुकमा वैकल्पिक शक्ति निर्माणसहित ‘समृद्ध नेपाल’ बनाउने उनले उल्लेख गरे ।

‘हामीले वार्ताटोली गठन गरिसकेका छौं, वैकल्पिक शक्ति निर्माण र मुलुकको आर्थिक समृद्धिका लागि एकता आवश्यक छ,’ महासचिव यादवले भने, ‘अनौपचारिक रूपमा छलफल भइरहेको छ, छिट्टै औपचारिक छलफल सुरु गर्दै टुंगोमा पुग्नेछौं ।’

दुबै पार्टीका शीर्ष नेताबीच भएको अहिलेसम्मको छलफल सकारात्मक रहेको पनि उनले बताए । पछिल्लो समय समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राजपा नेपाल अध्यक्ष मण्डल पूर्वसंयोजक राजेन्द्र महतोबीचमा ‘गोप्य’ छलफल सुरु भएको छ । महतो राजपा नेपालको वार्ताटोली संयोजकसमेत हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]