• मंसिर २१, २०७६
  • जुनकिरी खबर

तेह्रथुमको टीएमजे क्षेत्र विस्तार गर्न सरकारको तयारी

alt

सरकारले नयाँ पर्यटकीय गन्तव्य सूचीमा सूचीकृत गरेको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रलाई संरक्षण क्षेत्र बनाउने विषयमा बहस सुरु गरेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टीएमजेको क्षेत्र विस्तार गरेर नयाँ र फरक मोडलको संरक्षण क्षेत्र घोषणा गर्न विज्ञसहितको टोलीले स्थानीय तहदेखि मन्त्रालयसम्म छलफल चलाएका छन् । 

पछिल्लो पटक वन तथा वातावरण मन्त्रालयले मन्त्री शक्तिबहादुर बस्नेत समेतको उपस्थितिमा तेह्रथुमको वसन्तपुर आएर समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्ने बिषयमा छलफल गरेको थियो । तीनवटै जिल्लाका सांसद, स्थानीय तहका प्रमुख, वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वन उपभाोक्ता समूहका प्रतिनिधि, संरक्षणविद, वन्यजन्तुविद, स्थानीयलगायतको उपस्थितिमा छलफल गरिएको मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए ।

मन्त्री बस्नेतले टीएमजेको क्षेत्र विस्तार गरी नेपालमै नयाँ मोडलको संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]