• मंसिर २३, २०७६
  • जुनकिरी खबर

करको दररेट र दायराको पुनरावलोकनका लागि धरानका मेयरले शुरु गरे प्रक्रिया

alt

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले वृद्धि गरिएको समग्र राजश्वका प्रणाली तथा करको दररेट र दायराको पुनरावलोकनका लागि प्रक्रिया सुरु गरेको बताएका छन् । उनले धरान उपमहानगरपालिकाले यसअघि बढाएको कर तथा राजस्व, दस्तुर घटाउन कर तथा राजस्व विज्ञ सम्मिलित एक समिति गठन गर्ने तयारीमा रहेको बताए । 

निवार्चनताका राईले करको विषयलाई मुख्य एजेण्डा बनाएका थिए। उनले भने, ‘करको विषयमा नगरबासीले गुनासो गर्दै आएका थिए। मेयरको पदभार गर्नासाथ सोही विषयलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७६/०७७ को वित्तिय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गर्न निर्णयार्थ प्रस्ताव राखिसकेको छु।’


उनले उपमहानगरको पाचौं नगरसभाले पारित गरी लागू गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरवलोकन गरेर घटाउनका लागि पेश भएको निर्णयार्थ प्रस्तावलाई सार्थक बनाउन आन्तरिक छलफल भइरहेको बताए। उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ।

धरान उपमहानगरपालिकाले विभिन्न क्षेत्रको कर वृद्धि गरेको बताइए पनि राजश्व महाशाखाले पूर्वका विभिन्न नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले लागू गरेको कर तथा राजस्वको तुलना गर्दा सबैभन्दा कमै दर देखिएको छ। विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका लगायतले लागू गरेको करको दररेट भन्दा कम दररेट भएपनि नगरबासीले कर वृद्धि भएको गुनासो गरेकाले पुनरावलोकन गर्नु उचित देखिएको एक कर विज्ञले बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]