• मंसिर २३, २०७६
  • जुनकिरी खबर

सुनसरीमा नेपालमानै पहिलो पटक बहुजातिय साँस्कृतिक मेला हुने

alt

सुनसरीको रामधुनी ७ स्थित राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान पार्क (रास ताल) मा बहुजातिय साँस्कृतिक मेला लाग्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मसिंर २३ गतेदेखि २६ गतेसम्म बहुजातिय साँस्कृतिक मेला लाग्ने जानकारी दिइएको छ ।

सुनसरी सामुदायिक वन क्षेत्र भित्रको ईमानसिंह चेम्जोङ पर्यटकिय साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबारदेखि मेला आयोजना हुन लागेको हो ।

आउदै गरेको उधौली पर्वलाई बिशेष रुपमा मनाउने गरी २५ र २६ गते १० जातिय समूहको साँस्कृति झल्ने कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

जसमा पश्चिमको डेउडा नाच, राउटे र चेपाङ देखि शेर्पा, लामा, राई, भुजेल, लिम्बु, थारु, धिमाल, सन्थाल र खस ब्रमाण्ड लगायतका बहुजातियको नाच र साँस्कृति मेलामा प्रर्दशन हुने प्रतिष्ठानका उपाध्यक्ष शशी राईले जानकारी दिए । २०६० सालदेखि प्रत्येक बर्षको उधौली र उभौली पर्वको अवसरमा रास तालमा साँस्कृतिक मेला आयोजना भइरहेको समेत उनले बताए ।

पर्यटन बर्ष २०२० लाई समेत लक्षित गरी नेपालमै पहिलो पटक बहुजातिय साँस्कृतिक मेला आयोजना गर्न लागेको राईले बताए ।

मेलाको करिब १० हजार बढीले अबलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । मेलामा जातिय साँस्कृति तथा भेषभुसाका बारेमा पनि मेला अवलोकनकर्ताहरुलाई जानकारी दिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलालाई थप आकर्षत गर्नको लागी २६ गते लोकप्रिय गायिका मेलिना राईको समेत प्रस्तुति रहने बताइएको छ । १ नं. प्रदेशका साँस्कृतिक तथा पर्यटन मन्त्रि जगदिश कुशियतले मेलाको उदघाटन गर्ने छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]