• मंसिर २३, २०७६
  • जुनकिरी खबर

विपि प्रतिष्ठानको ४ लाख ८० हजार चेक साट्ने विद्यार्थी र बैंक कर्मचारी पक्राउ

alt

साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिएका व्यक्तिको हस्ताक्षर भएको चेक बाट गत भदौ २६ गते सिराहाको सनराइज बैंकबाट ४ लाख ८० हजार रुपैया भुक्तानी लिने प्रतिष्ठानका दुई विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो चेक काण्ड सार्वजनिक भए पछि अस्पताल निर्देशन डा. गौरीशंकर साह र कार्यबहाक उपकुलपति डा. गुरुप्रसाद खनालले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि प्रहरीले घट्नामा संलग्नलाई पक्राउ गरेको हो ।

प्रहरीले बैकको सिसि क्यामेराको फुटेजको साहेताले प्रतिष्ठानकै एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत प्रभात कापडीलार्य पक्राउ गरेको थियो उनकै बयानको आधारमा सँग पढ्दैं आएका अर्का विश्वश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सिरहाको मिचैयास्थित सनराइज बैंकको शाखाका दुई कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्सिनालाई समेत पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

घट्नामा संलग्न देखिएका प्रतिष्ठान मै कार्यरत डा.रोशन यादव भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले ६ महिनाअघि लेखा शाखाबाट चेक चोरी गरेर लगिएको बयान दिएका छन् । उनीहरुलाई प्रहरीले गत कात्तिकमा पक्राउ गरि अनुसनधान गरिरहेको थियो ।
चेकमा स्टाप प्रयोग गरेर साइन गरिएको संका लागेको डिएसपी न्यौपानेले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]