• मंसिर २५, २०७६
  • जुनकिरी खबर

विराटनगर र भद्रपुरबाट सीता एयरले पाथीभरा र हलेसी उडान गर्ने

alt

भ्रमण वर्ष २०२०मा छिमेकी देश भारतका पर्यटकलाई आर्कशित गर्न सीता एयरले विराटनगर र भद्रपुर विमानस्थलबाट पाथिभरा र हलेसी महादेवको मन्दिर दर्शन गराउने प्याकेज ल्याएको छ ।

सीता एयर र माउन्टेन हेलिकोप्टरले धार्मिक पर्यटकका लागि हलेसी पाथीभराको दर्शनको प्याकेज ल्याएका हुन् । पूर्वबाट सुरु हुने योजनाले नेपाल र भारतका धार्मिक पर्यटकले लाभ लिनसक्ने सीता एयरका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।

सीता एयरले भद्रपुर र विराटनगर विमानस्थलबाट हप्तामा एकपटक सुकेटार र लामिडाँडा उडान भर्ने र सो विमानस्थलबाट हेलिकप्टरबाट धार्मिक स्थल पूर्याउनेछ । सिंहका अनुसार धार्मिक यात्राका लागि प्रतिव्यक्ति २३ हजार भाडा तोकिएको छ ।

२९ मंसिरबाट सुरु हुने सेवाले पर्यटन वर्षको विकासमा टेवा पुग्ने होटल व्यवसायी भविष श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]