• मंसिर २६, २०७६
  • जुनकिरी खबर

इटहरीमा महिला उद्यमशील मेलाको तयारी पूरा

alt

इटहरीमा महिला उद्यमशील मेलाको तयारी पूरा भएको छ ।

नेपाल उद्यमशील महिला महासंघले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यहि २८ गतेबाट पुष ६ गते सम्म मेला लाग्ने जानकारी दिएको हो । नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीका अनुसार मेलामा एक सय वटा स्टल राखिनेछ । करीब ४० लाखको लागतमा सम्पन्न हुने उक्त मेलामा २ करोड भन्दा बढी कारोबार हुने बताईएको छ ।

महिला उद्यमी मेला इटहरीमा दोस्रो पटक हुन लागेको हो । मेलामा ४४ जिल्लाका उद्यमी महिलाहरुको स्टल रहने आयोजकले बताएको छ ।

स्टलमा महिलाहरुले बनाएका हस्तकालाका समान साथै खाध्यान्न गुन्द्रुक , साथु, मस्यौरा,अचार लगायतका सामानहरु राखिने अध्यक्ष बुढाथोकीले बताएकी छन् । उनले स्थानिय उत्पादन लाई प्रथमीकतामा राखीने बताईन् ।

बुढाथोकीले ८५ वटा स्टल बुकिंग भई सकेको र अन्य महिला उद्यमीहरुले सम्मकृ गरीराख्नु भएको जानकरी गराएकी छन् । उनले मेलामा करिब दुई करोडको भन्दा बढिको कारोबार हुने अपेक्षा लिएको जानकारी गराएकी छन् । मेला ९ दिन सम्म इटहरीमा रहेको नेपाल टेलिकमको कार्यालय छेउमा लाग्ने आयोजकले बताएको छ । दैनिक स्थानीय तथा राष्ट्रीय कलाकारहरुको प्रस्तुती पनि रहने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]