• मंसिर २७, २०७६
  • जुनकिरी खबर

सिद्धबाबालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

alt

बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

अदालतले दिएको सात दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश खिमानन्द भुषालले सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए। कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन्।

प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयानसमेत अस्पतालमा नै गराउन आदेश दिएको छ।

गत कातिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।  तर 'सिद्धबाबा' भने आफूलाई षड्यन्त्रमा पारिएको दाबी गरिरहेका छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]