• मंसिर २८, २०७६
  • जुनकिरी खबर

राष्ट्रिय उद्यमशिल महिला मेला इटहरीमा शुरु, राज्य मन्त्री दुगडले गरे उदघाटन

alt

उद्यमी महिलाहरुको उत्पादनलाई प्रोत्साहन र बजारिकरणमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा राष्ट्रिय उद्यमशिल महिला मेला सुरु भएको छ ।

नेपाल उद्यमशिल महिला महासंघको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्घाटन गरे । दुई हप्तासम्म सञ्चालन हुने मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्री, अचार लगायतका परिकारका साथै कला ,श्रृंगार ,कपडा लगायतका सामाग्रीहरुका स्टलहरु राखिएका छन ।

उद्यमशिल महिलाहरुका उत्पादनलाई प्रोत्साहन गर्दै बजारिकणमा सहयोग पुगोस भनेर मेलाको आयोजनान गरिएको आयोजक संस्थाकी अध्यक्ष देविका बुढाथोकीले जानकारी दिइन ।

कार्यक्रमका अतिथीहरुले मेलाले स्थानीय उत्पादनहरुको प्रचार प्रसार हुने तथा बजारिकणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेस नम्बर १का प्रदेस सभा सदस्य सर्वध्वज सावाँ राष्टिय सहकारी बैककी सदस्य अमृता सुब्बा , उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेल लगायतले बोलेका थिए । मेला आगामी पुस ६ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

मेलामा प्रवेश निशुल्क रहेको बताउँदै आयोजकले साँझको मनोरञ्जनात्मक कार्यक्रममा मात्र टिकट सिस्टम गरिने जानकारी दिएको छ। कार्यक्रममा कलाकारहरु प्रमोद खरेल, धुर्मुस सुन्तलीलगायत आउने छन्।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]