• मंसिर २९, २०७६
  • जुनकिरी खबर

धरानमा लागुऔषध ओसारपसार र बेचबिखनमा संलग्न पाँच जना पक्राउ

alt

धरानको विभिन्न स्थान र समयमा लागुऔषधका पाँच जना कारोबारी पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई एकैदिन हिजो शनिबार भिन्न स्थान र समयमा पक्राउ गरेको हो । उनीहरु सबैलाई लागुऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि उनले खुलाए ।

प्रहरीका अनुसार हिजो शनिबार बिहान १० बजे धरानको वडा नं २० विष्णुपादुकास्थित अछामे डाँडाबाट दुई जना गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी २० तरहराका २१ बर्षीय बाबु बुढाथोकी र १९ बर्षीय निरन राई रहेको प्रहरीले जानकारी दिएका छन् । उनीहरुको साथबाट २ केजी गाँजा पनि वरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए ।

यस्तै, शनिबार नै दिउँसो ४ बजे धरान ११ स्थित मणिकुमार लिम्बुको कोठाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३२ बर्षीय मणिकुमारसँगै बराहक्षेत्र नगरपालिका ३ का ३० बर्षीय विष्णुकुमार लिम्बु रहेका छन् । उनीहरुको साथबाट एभिल १३ एम्पुल, डाइजेल्याब १३ एम्पुल र लुपिजेसिक १३ एम्पुल वरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरि, शनिबार नै दिउँसो ४ बजे धरान ८ तिनकुनेस्थित चेकपोइन्टबाट धरान १५ श्यामचोकमा २३ बर्षीय सुमन परियार पनि लागुऔषधसहित पक्राउ परेका छन् । उनको साथबाट डाइजेल्याब ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल र एभिल ३ एम्पुल वरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]