• पुस १, २०७६
  • जुनकिरी खबर

सुनसरी, मोरंग, झापामा ठगीधन्दा मच्चाएका दिनेश पक्राउ

alt

सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका मानिसहरुबाट करोडौं रकम ठगी गरेका दोलखाका दिनेश कोइराला पक्राउ परेका छन् ।

मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका मानिसहरुबाट करोडौं ठगेको पाइएको छ। कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले डेढ करोड रुपैयाँ ठगी गरेका थिए । कोइरालाको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ।

कोइरालाले ६ वर्षअघि इटहरीकी लक्ष्मी भट्टराईलाई आमा बनाएका थिए । बेलाबेला भेट्न पुग्ने उनले भट्टराईलाई महँगो गिफ्टसमेत पुर्‍याउँथे। प्रशस्त जग्गा–जमिन र राम्रै घर भएकी भट्टराईको घरजग्गा धितो राखेर कोइरालाले ५० लाख रुपैयाँ झिके। त्यसपछि उनी सम्पर्क बिहिन भए ।

कोइरालाले ललितपुरस्थित फिरोज बाराही सहकारीलाई डुबाएका छन् । जग्गा–जमिन र गाडी सहकारीमा राखेर पटक–पटक गरी १० करोड रुपैयाँ कर्जा लिएका कोइराला किस्ता तिर्नै गएनन्। सहकारी सञ्चालकले अहिले प्रहरीमा उजुरी दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]