• पुस २, २०७६
  • जुनकिरी खबर

पूर्वराजा ज्ञानेन्द्र पूर्वमा

alt

पूर्व राजदम्पती झापा आएका छन् । श्री एयरलाइन्सको जहाजबाट वुधबार दिउँसो १ बजेर २८ मिनेटमा पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए ।

राजालाई स्वागतका लागि विहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा रानीलाइ फुलमालले सम्मान गरेका थिए । विमानस्थल आर्लिएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिदै करिब आधा घण्टाको समय खर्चिएर एयरपोर्टबाट बाहिरिएका थिए । उनीहरुको सुरक्षाका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी,साधा पोशाकका प्रहरी,शिव सेना र हिन्दु सेनाले स्कटिङ गरेका थिए । समर्थकले राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन ,राजतन्त्र ले भन्छिन, गणतन्त्र मूर्दाबाद लगायतका नारा लगाएका थिए । समर्थको भिडलाइ मिलाउन सुरक्षाकर्मीलाइ हम्मेहम्मे परेको थियो ।

शाह दम्पती एयरपोर्टबाट दमकमा रहेको उनको निवास तर्फ लागेका थिए । उनीहरुको झापा बसाइ केही महिना हुने उनको समर्थकहरुले जनाएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]