• पुस ४, २०७६
  • जुनकिरी खबर

पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा

alt

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजस्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ। वरुणले हल्का पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको छ।

विभागको अनुसन्धानले २०७०/७१ देखि अहिलेसम्म कम्पनी र यसका सञ्चालकले भ्याटको नक्कली बिलको कारोबार गरी ६४ करोड ९६ लाख दुई हजार तीन सय ४० रूपैयाँ राजस्व छली गरेको फेला पारेको हो। विभागले बिहीबार जिल्ला अदालत काठमाडौंमा वेभरेज र यसका सातजना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ।

विभागले वेभरेज र सञ्चालक अमित गुप्तासहित रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोदकुमार सिंह र अशोक कुमारबाट रकम असुल उपर गर्नुपर्ने माग दाबी गरेको छ। सञ्चालकलाई तीन वर्ष कैद सजायसमेत माग दाबी गरिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]