• पुस ४, २०७६
  • जुनकिरी खबर

धरानको सर्दु जलाधार क्षेत्रको अढाई सय बिघा जग्गा व्यक्तिले हडपेको तथ्य

alt

सट्टा–भर्ना पाइसकेर पनि लगत कट्टा हुन बाँकी रहँदा धरानको सर्दु जलाधार क्षेत्रको करिब अढाई सय बिघा जग्गा व्यक्तिले हडपेको तथ्य प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा परेको छ।

सरकारद्वारा गठित सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा जलाधार क्षेत्रको जमिन व्यक्तिको नाममा भएको तथ्य उल्लेख गरिएको हो।

आयोगले सट्टा–भर्ना पाइसकेको जलाधारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस पनि गरेको छ। आयोगले विभिन्न आठ जिल्लामा गरेको अध्ययनअनुसार सबैभन्दा बढी व्यक्तिले हडपेको जग्गा सर्दु जलाधारकै भेटिएको हो। आयोगका एक सदस्यका अनुसार सर्वोच्च अदालतबाट सट्टा–भर्ना नपाएको जिकिर गर्दै मुद्दा जितेको भनिएका १६ जनालाई प्रतिवेदनमा विशेष केन्द्रित गरिएको छ। ‘हामीले १६ जनालाई फोकस गरेका छौं, उनीहरूले सट्टा–भर्ना लिइसकेको प्रमाण भेटियो,’ आयोगका ती सदस्यले भने, ‘सट्टा–भर्ना लिइसकेर फेरि यता पनि हडपेको देखियो, यसरी दोहोरो पाउनुहुँदैन, जलाधारको जग्गा सरकारको नाममा आउनैपर्छ।’

जलाधारको जग्गा किनबेच सुरु भएपछि तत्कालीन सुनसरी जिविसले २०५८ सालमा रोक्का गर्न जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा किनबेच रोकिएपछि केही जग्गाधनीले सट्टा–भर्ना नपाएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]