• पुस ७, २०७६
  • जुनकिरी खबर

कामनाको प्रथम बार्षिकोत्सव

alt

इटहरी/ कामना टोल विकास संस्थाको पहिलो साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाको सो बार्षिक साधारण सभा श्याम प्रधानको अध्यक्षतामा चौध सदस्यीय कार्य समिति चयन गरियो ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा ईटहरी उ.म.न.पा.वडा नंं.२ का सदस्य श्री दुर्गा धमला ज्यूले विगत बर्षमा यस संसथाले सफलता हासिल गदै गरेको र यसै बर्ष संस्थाको पहिलो साधारण सभामा प्रमुख अतिथि हुन पाउँदा गर्व लागेको कुरा बताउनु भयो ।

kamana2

प्रमुख अतिथि धमलाले ईटहरी उ.म.न.पा.ले यस्ता सहयोगी संघ संस्थालाई विभिन्न कार्यक्रमका लागी सहयोग गरेको बताउँदै यस संस्थाले यस टोलवासीहरुलाई विभिन्न कार्यक्रम अन्तर्गत मानविय सहयोग गदै आएकोमा संस्थालाई बधाई दिनुभयो । यसैगरी प्रमुख अतिथि धमलाले यसरी नै अघि बड्न संस्थालाई हौसल्ला प्रधान गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्याम प्रधानले आर्थिक आय व्यायको प्रतिवेदनमा प्रकाश पार्नुभयो ।
स्वागत वत्ता डिल्ली भण्डारीले स्वागत मन्तव्य राख्नुभयो भने नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नं. १ का केन्द्रिय सल्लाकार लक्ष्मण तामाङ्ग,प्रगती समाज सेवाका अध्यक्ष विक्रम थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्गका प्रदेश नं. १ का केन्द्रिय सल्लाकार तामाङ्गका अपाङ्ग ४ छोरा छोरीहरुलाई संस्थाबाट प्रमुख अतिथि धमलाले एकमुष्ट्ठ सम्मान सहित नगत ४ हजार प्रदान गर्नुभया,े साथै वृद्घ तथा वृद्घालाई बंशीधर रिजाल ९४ वर्ष,गोबिन्द बराल ९२ वर्ष,तिलक बस्नेत ८८ बर्ष र ७६ वर्षिय भुटानी चौधरीलाई प्रमुख अतिथी धमलाले दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

kamana1

संस्थका अनुसार कामना टोलमा भइपरी आउने प्राकृतिक विपत्ती,मृत्युवरणमा र अन्य समस्याहरुमा नगद सहयोग गर्दै आएको छ ।

त्यसैगरी देउसी भैलो ब्यत्तिगत सहयोगबाट प्राप्त रकमहरु संस्थाको विभिन्न कार्यक्रममा सहयोग प्रदान गदै आएको छ । संस्थाले स्थापना काल देखी नै टोलमा मृत्युहुने सदस्यका परिवारलाई किरिया खर्च सहयोग स्वरुप प्रत्येक घरबाट ३००।– प्रदान गर्दा मृत्यु हुनेमा दोरमाया गुरुङ्ग,अञ्जली वि.क. तथा यसै संस्थाका निवर्तमान अध्यक्ष श्री अनुज तामाङ्गलाई १५०००।–को दरले नगद सहयोग गरेको थियो ।
नयाँ कार्य समितिमा उपाध्यक्षमा मनकलाल चौधरी,सचिवमा गोपाल कार्की,सह सचिवमा भावना राई,कोषाध्यक्षमा सीता नेपाल,सह कोषाध्यक्षमा राजेश वराल,सदस्यहरुमा अर्जुन कटुवाल,गोपाल जिमि,बद्री न्यौपाने,पार्वती घिमिरे,केशर घिमिरे,सीता भट्टराई,लिला याक्खा राम कुमार तामाङ्ग रहेका छन । त्यसैगरी सल्लाकारमा हेमन्त गौतम,शान्ता लिम्बु,चन्द्र ब.दर्जि, ललित कट्टेल माया देवी खड्का रहेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]