• पुस ८, २०७६
  • जुनकिरी खबर

संखुवासभाका दुई गाउँपालिका बिजुलीविहीन

alt

जिल्लाका १० नगर र गाउँपालिकामध्ये दुई वटामा अझै पनि बिजुली पुगेको छैन । दुर्गम मानिएको भोटखोला र सिलिचोङ गाउँपालिका विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिन नसक्दा स्थानीयहरू अँध्यारोमा बस्न बाध्य छन् ।

कतिपय गाउँमा स्थानीय खोलाबाट उत्पादन गरिएको पेल्ट्रिक सेट, माइक्रोहाइड्रो र हाइड्रोपावरको भरमा उज्यालो पुगेको छ ।


मकालुका काजीमान गुरुङले स्थानीय खोलाबाट उत्पादन गरिएको जलविद्युत् योजनाहरू छिटोछिटो बिग्रिँदा समस्या आइरहने बताए । ग्रामीण क्षेत्रका अधिकांशले दीर्घकालीन रुपमा बिजुलीको व्यवस्था गरिदिन माग गरेका छन् । ‘आर्थिकरुपले सम्पन्न र पहुँचवालाले सोलार बत्ती बाल्छन्,’ भोटखोलाका नुर्बु भोटेले भने, ‘हामीले कहाँ पाउनु ? आगो र टुकीको भरमा जीवन बितेको छ ।’

भोटखोला सीमावर्ती नाका छिमेकी देश चीनसँग सिमाना जोडिएको गाउँपालिका हो । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको केन्द्र हटिया पुग्न मात्रै १ सय २ किमी कच्ची सडक हिँडेरै पार गर्नु पर्छ । हिँउदमा भने साना सवारीसाधन चल्छ । किमाथांका नाका पुग्न १ सय ६२ किमि पार गर्नुपर्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]