• पुस ८, २०७६
  • जुनकिरी खबर

प्रहरीकै मोटरसाइकल चोरियो !

alt

सुनसरीमा प्रहरीकै मोटरसाइकल चोरी भएको छ । सुनसरीको भोक्राहा प्रहरी चौकीको बा २ ब ५६३९ नम्बरको अपाचे मोटरसाइकल सोमबार राती चोरी भएको हो ।

राती ११ बजेको समयमा भोक्राहा चौकीका प्रहरी सवार मोटरसाइकल चिरौली चोकबाट हराएको हो ।
प्रहरी चौकीका इन्चार्ज मोहन कार्कीका अनुसार झगडाको खबर पश्चात प्रहरी चिरौली पुगेको थियो । मोटरसाइकल बिगे्रपछि बाटो छेउमा राखेर झगडा भएको स्थानमा पुगेर फर्किदा राखेको ठाउँमा मोटरसाइकल नभेटिएको कार्कीले बताए ।

कार्कीले मोटरसाइकल हराएपछि खोजी गर्दा नभेटिएको बताए । रातीको समयमा बाक्लो हुस्से लागेकाले समेत मोटरसाइकल खोजी गर्न समस्या परेको भोक्राहा प्रहरीको भनाई छ । मोटरसाइकल हराएको विषयमा खोजी तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]