राहदानी बनाउन आउने सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले दैनिक परामर्श र सूचना दिँदै आएको छ। राहदानी बनाउन आउनेमध्ये रोजगारीमा जाने सेवाग्राहीले वैदेशिक रोजगारीका चुनौति, त्यहाँ जाँदा पुरा गर्ने प्रक्रिया र समस्याका बारेमा परामर्श लिनुपर्ने हुन्छ।
आप्रवासी सूचना कक्षकी यमुना धमलाका अनुसार राहदानी फारम भर्न आउँदै पहिलो पटक यस्तो परामर्श दिने गरिएको छ । राहदानी लिन आउँदा दोस्रो पटक पनि उनीहरुलाई बैदेशिक रोजगारीका जोखिमका बारेमा जानकारी दिने गरिन्छ।
यसो गर्नुको उद्देश्य युवाशक्तिलाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वेदशमै स्वरोजगार बन्न प्रोत्साहन गर्नु र जानै लागेकालाई त्यहाँ जाँदाका प्रक्रिया, लाग्ने रकम तथा आउने समस्या समाधानका लागि के के गर्ने भन्ने सिकाउने हो । उनीहरुलाई तालिम लिएर आधिकारिक निकायबाट मात्रै जान सुझाब दिएर पठाइन्छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved