• पुस ११, २०७६
  • जुनकिरी खबर

'प्रादेशिक विश्वविद्यालय' बनाउने प्रदेश १ सरकारको तयारी

alt

प्रदेश नं १ ले आगामी वर्षदेखि प्रादेशिक प्राविधिक तथा व्यावसायिक विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । साविकको मनमोहन स्मृति पोलिटेक्निकलाई आफ्नो स्वामित्वमा ल्याई आगामी वर्षदेखि प्राविधिक व्यावसायिक शिक्षा प्रदान गर्ने तयारी प्रदेशले गरेको हो ।

प्रदेश १ सरकारले गत वर्षको हिउँदे अधिवेशनबाट मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक प्रदेश सभाबाट पारित गरेको थियो ।

जसबाट प्रदेश सरकार मातहत प्राविधिक धारको विश्वविद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो ।

यससँगै मोरङको बुढीगंगा गाँउपालिका ४ हात्तीमुडामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण समेत गरेको पोलिटेक्निकका प्राचार्य डा. सुभाष पोखरेल बताउँछन् ।

प्राविधिक विश्वविद्यालयको रुपमा विकास हुन लागेको मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्न खोजिएको हो ।

प्रदेश सरकारको यस योजनामा स्थानीय सरकार पनि सहयोग गर्न तयार रहेको बुढीगंगा गाउँपािलकाका अध्यक्ष बालचन्द्र माझीको भनाइ छ ।

उक्त योजना पूरा भएमा यो नेपालकै पहिलो प्रादेशिक नमूना विश्वविद्यालय हुनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]