• असार १८, २०७६
  • जुनकिरी खबर

१० जनाविरुद्ध मुद्दा

alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरेको आरोपसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिवि सेवा आयोगले विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तलाई उत्तीर्ण गराइ अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा लिएकामा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ ओटा पदहरुको उत्तरपुस्तिका परीक्षणबाट अनियमितता पुष्टि भएको पनि अख्तियारले जनाएको छ ।

शाखा अधिकृतमा ६ जनाको उत्तरपुस्तिकामा केरमेट गरेर अंक थपघट गरेको र सो कार्यमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता देखिएको अख्तियारले जनाएको छ ।

यस्तै, लेखा अधिकृत पदमा ७ जनाको उत्तरपुस्तिका केरमेट गरी नम्बर थपघट गरी नतिजा प्रभावित गरेको पाइएको र उत्तरपुस्तिका परीक्षक राजेश्वर न्यौपाने र सम्परीक्षक टेकनाथ ढकालको प्रत्यक्ष संलग्नता पाइएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]