• पुस १३, २०७६
  • जुनकिरी खबर

धरान सहर स्थापना दिवस, तीन दिन मनाइने, हरेक साँझ दिपावली

alt

धरान सहर स्थापना दिवस अर्थात धरान डेलाई यसपाली तीन दिन उत्सवकोरुपमा मनाउने तयारी गरिएको छ ।

धरान उपमहानगरपालिकाले यही पुष १८, १९ र २० गते धरान डेलाई उत्सवकोरुपम मनाउने तयारी गरिएको हो । पुष २० गतेलाई धरान स्थापना दिवस अर्थात धरान डेकोरुपमा लिइने गरिन्छ । यसपाली नेपाल भ्रमण बर्ष २०२० लाई पनि समेटेर तीन दिने धरान डे उत्सव मनाउन लागिएको हो । धरान डे आयोजना गर्न मेयर तिलक राई संयोजक र उपमेयर मञ्जु भण्डारी सुवेदी सहसंयोजक रहेको मुल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु पनि गठन गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

धरान डे पुष १८, १९ र २० गते पब्लिक उच्च मावि चतरालइनको खेल मैदानमा आयोजना हुनेछ । धरान डेको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुनेछ भने २० गते समापन समारोह मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने मेय तिलक राईले जानकारी दिए । धरान डेको अवसरमा ३ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिनेछ । धरान डे उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ ।

तीन दिनसम्म हरेक साँझ उत्सवस्थलमा धरानका कलाकारहरुले गीत, संगीत प्रस्तुत गर्नेछन् भने धरानका जनतालाई साँझमा घर घरमा दिपावली गर्न आह्वान गरिनेछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]